चुनौती बन्दैछ अन्तरिक्षको फोहोर हटाउने काम

चुनौती बन्दैछ अन्तरिक्षको फोहोर हटाउने काम


अन्तरिक्षमा रहेको फोहोर हटाउने विषयमा कयौं विचार भइरहेको छ। हालै एउटा जापानी स्टार्ट अप कम्पनीले एउटा यस्तो सेटेलाइट लन्च गरेको छ जसले उपयोग वा खराब भएको उपग्रह पत्ता लगाउने काम मात्रै गर्दैन बरु त्यसलाई पृथ्वीमा ल्याएर नष्टसमेत गर्छ। एस्ट्रोस्केल (Astrosclae) नाम गरेको यो व्यवसायिक सेटेलाइट अपरेटरको यो पहिलो अभियान हो । तर, अन्तरिक्षबाट फोहोर हटाउनका लागि भने यो नै पहिलो अभियान होइन।

अन्तरिक्षमा फोहोर ज्यादै नै बढ्दै गइरहेको छ । यस्ता फोहोरका २५ हजार भन्दा धेरै टुक्राले पृथ्वीको परिक्रमा गरिरहेका छन् । जो इन्टरनेशनल स्पेस स्टेशनसँग ठोकिने खतरासमेत भएको छ ।

जब सेटेलाइट नष्ट हुन्छ तब यसको अवशेष पृथ्वीमा खस्दैन, जो हाल अन्तरिक्षमा रहेका तीनहजार भन्दा धेरै सेटेलाइटका लागि खतरा बन्ने गरेका छन् ।

आगामी १० वर्षमा चालिस हजार भन्दा धेरै सेटेलाइट लन्च हुनेवाला छन् जसले गर्दा अन्तरिक्षको फोहोर एक चुनौती हुनेछ।

युरोपियन स्पेश एजेन्सीले (ESA) सन् २०२५ मा सफाइका लागि क्लियर स्पेश १ लन्च गर्ने योजना बनाएको छ। हालसम्म यो नै अन्तरिक्षको फोहोर सफा गर्ने पहिलो अभियान मानिएको छ। क्लियर स्पेस स्टार्टअपसँग युरोपियन स्पेश एजेन्सीको सन् २०१९ मा नै यस सम्बन्धि करार भएको थियो ।

यसको मूख्य लक्ष्य सन् २०१३ मा लन्च भएको एकसय किलो तौल भएको वेस्पा अर्थात वेगा सेकेण्ड्री पेलोड एडेप्टर लाई हटाउनु हो। यसले निगरानी बढाउँदै वेस्पाको गतिमा पुगेर यसलाई समाउने काम गर्छ र यसलाई वायुमण्डलमा ल्याएर जलाउने काम गर्छ।

युरोपियन स्पेश एजेन्सीले यस सम्बन्धमा विभिन्न उपाय प्रयोग गरिरहेको छ। जसमध्ये एक इडिअर्बिट मिशन (e.DeOrbit) हो । जो सन् २०१४ अघि नै प्रस्ताव गरिएको थियो। जसमा विभिन्न प्रकारले फोहोर समाउने प्रक्रियाका बारेमा विचार गरिंदैछ। जसमा जाली, बर्छी या हारपून, रोबोटिक आर्म आदि प्रविधि सामेल छन्। यसको लक्ष्य आठसयदेखि एक हजार किलोमिटर सम्मको फोहोर समाउनु रहेको छ।

यी सबैका अलावा अमेरिकी एअरफोर्सले लेजरको प्रयोगका बारेमा प्रस्ताव गरिएको छ भने नासाले विशेष प्रकारको सेटेलाइटको सुझाव गरेको छ । पानी जहाजको जस्तो पाल (Sails) होस जसले फोहोरलाई पृथ्वीको वायुमन्डलमा पुर्याओस् । सन् २०१८ मा आइएसएसले यस्तै एक टुक्रालाई आफ्नो जालमा पारेको थियो।

Logo