रगत निस्कने ‘ड्रैगन ब्लड ट्री’ संकटमा

रगत निस्कने ‘ड्रैगन ब्लड ट्री’ संकटमा


प्रकृतिको श्रृष्टि मानिसको ज्ञानभन्दा जहिले पनि उम्दा देखिने गरेको छ। यमनको 'ड्रैगन ब्लड ट्री'(Dragon Blood Tree of Yemen)को कहानी पनि यस्तै छ। साकोट्रा द्वीपसमूहमा पाइने यो विरुवाको नामले पनि यो विशेष रहेको जनाउँछ।

यसको विशेषता भनेको यो विरुवा ६५० वर्षसम्म बाँच्छ । यसको उचाइ ३३ देखि ३९ फिटसम्म हुन्छ भने यसले गर्मी तथा चिसो सजिलै झेल्छ । यो गर्मीमा राम्रोसँग फस्टाउँछ।

यसको बनावट पनि अचम्मको हुन्छ । यो छाता जस्तो हुन्छ। यसको माथि पट्टि छत जस्तै घना बाक्लो हुन्छ। सबैभन्दा पहिले यसका बारेमा इस्ट इण्डियाका लेफ्टिनेण्ट वेलस्टेडले जानकारी गराएको सन् १८३५ को एउटा सर्भेमा जनाइएको थियो।

जहाँ यो बिरुवा पाइन्छ त्यसलाई ड्रागन्सब्लड जंगल  भनिन्छ। यो ग्रेनाइट तथा चूनको खानी होने क्षेत्रमा हुने गर्छ।

साकोट्राको टापु मूख्य भूभाग भन्दा टाढा रहेको छ जहाँ  विरुवाको ३७ प्रतिशत यस्ता प्रजाति पाइन्छ जो अन्त कतै पाइँदैन । मनसुनको समयमा बादल तथा पानीका कणबाट यसको पातले  नमी बटुल्ने गर्छन्।

कैयौं विशेषताले भरिपूर्ण यो बिरुवालाई आर्थिक रुपमा पनि महत्वपूर्ण मानिन्छ। स्थानीयहरु यसलाई पशुलाई खुवाउन पनि प्रयोग गर्छन्। यसको फल गाई तथा बाख्राको लागि राम्रो मानिन्छ।

यसको बाहिरी बोक्रा काटेपछि रातो रंगको रेजिन निस्कन्छ त्यसैले यसलाई ड्रागन ब्लड ट्री भनिएको हो । यहाँका स्थानीय यो रेजिनलाई ज्वरो तथा अल्सरको उपचारको लागि प्रयोग गर्ने गर्छन् । कोही भने यसलाई जादुई शक्तिको प्रतिक पनि मान्छन्।

यसको नाम रगत सँग जोडिएका कारण यसलाई जादु तथा टोट्का पनि प्रयोग गर्ने गरिन्छ । यसको अलावा मन्त्र जपमा पनि यसको प्रयोग गर्ने गरिन्छ।

अफ्रिकी अमेरिकी जादुमा यसको प्रयोग नेगेटिभ इनर्जी समाप्तिका लागि गर्ने गरिन्छ । तर, यसको पछाडिको वैज्ञानिक कारणको भने खोजी गरिएको छैन । तरपनि यसको विशेषताले भने वैज्ञानिकहरु अचम्ममा पर्ने गरेका छन्।

यति धेरै विशेषताको वावजुद यो विरुवा अहिले संकटमा परेको छ। कैयौं स्थानमा यसको नयाँ प्रजातिको आकार बदलिएको पाइन्छ। यसको सबैभन्दा ठूलो कारण भनेको जलवायू परिवर्तन नै हो।

साकोट्रा द्वीपसमूह सुक्खा हुँदै गइरहेको छ । विज्ञलाई सन् २०८० सम्म यसको  प्रजाति कतै नष्ट त हुने होइन भन्ने चिन्ता छ।

Logo