रामदानका अवसरमा एक हजार ७०० कैदी जेलमुक्त

रामदानका अवसरमा एक हजार ७०० कैदी जेलमुक्त


मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ ।

पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भूक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिवस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन वर्षौदेखि चल्दै आएको छ । 

इजिप्टको संविधानअनुसार  शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागूपदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।

Logo