भेटियो ६ करोड वर्ष पुरानो डाइनोसरको दाँत

भेटियो ६ करोड वर्ष पुरानो डाइनोसरको दाँत


अमेरिकाको कोलोराडोका एक विद्यार्थीले एउटा दाँत खोजी गरेका छन्। आठ कक्षाका विद्यार्थी जोनाथन शार्पेन्टियर हाइकिङमा गएका बेला उनले यो दाँत भेटाएका  थिए। शार्पेन्टियरका अनुसार उनलाई जुन कुरा भेटिएको थियो त्यो यति महत्वपूर्ण हुनेछ भन्ने ज्ञान थिएन। उनले यसका बारेमा डेनवर म्यूजियम अफ नेचर एण्ड साइन्सलाई एउटा मेल पठाए ।

जोनाथनले केसीएनसीलाई बताए अनुसार उनी घुम्न गएका बेला चम्किरहेको एउटा वस्तु देखे । उनले त्यो वस्तु उठाए । तर, उनलाई यतिबेलासम्म यो डाइनोसरको दाँत हो भन्ने थाहा थिएन।

जब उनले घर गएर यसलाई पखाले त्यसपछि यो कुनै पत्थर नभएर केही अरु नै चिज हो भन्ने थाहा हुन आयो। जोनाथनले त्यो  वस्तु म्यूजियमलाई दिएपछि म्यूजियमले यो Tyrannosaurus rex (T-rex) को दाँत भएको पुष्टि गर्यो।

यस डाइनासोरको प्रजाति धरतीमा ६ करोड वर्ष पहिले रहने गरेको थियो । डाइनोसर क्यूरेटर जो सरटशिनका अनुसार यो T-rex को बसोबास गर्ने अहम क्षेत्र थियो। यस क्षेत्रमा थप अध्ययनका लागि उनको टिम जोनाथनका साथ फेरि त्यहाँ जानेछ। यहाँ यस्तै महत्वपूर्ण अन्य प्रमाण पाइनेमा  टिम आशावादी रहेको छ।

जोनाथन भन्दा पहिले एकजना चार वर्षका बालकले पनि डाइनोसरको पैतालाको चिन्ह खोजेका  थिए। यस चिन्हका आधारमा  डाइनोसर कसरी हिंड्थे भन्ने पत्ता लगाउन सजिलो हुने अनुमान गरिएको छ।

बेरीका बेन्ड्रिक्सले जुन चिन्ह खोजेका थिए त्यो २२ करोड वर्ष पुरानो हो र हालसम्म पनि  सुरक्षित रहेको छ। त्यस्तै चीनका एक ५ वर्षीय बालकले पनि १३  करोड वर्ष पुरानो डाइनोसरको पन्जा भेटेका थिए।

Logo