रुसमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु

रुसमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु


रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । 

पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु भएको थियो । शनिबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।

एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ । 

सो टोलीले अनुसन्धान सुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । 

Logo