इन्टरनेशनल स्पेश स्टेशनमा चार जना अन्तरिक्ष यात्री लिएर उडेको स्पेश एक्सको फाल्कन ९ रकेट अन्तरिक्षको फोहोरसँग ठोकिनबाट बल्ल बल्ल जोगियो । यदि रकेट फोहोरसँग जुधेको भए त्यसमा सवार चारजना यात्रीको ज्यान खतरामा पर्न सक्थ्यो।
स्पेश एक्सको क्रु ड्रैगन क्याप्सुल लिएर गइरहेको फाल्कन ९ रकेटको अन्तरिक्षमा रहेको फोहोरसँग जुध्न सक्ने चेतावनी उडानको सात घण्टापछि प्राप्त भएको थियो। अन्तरिक्ष यात्री बसेको क्रु ड्रैगन क्याप्सुलबाट केही दूरीमा सम्भावित वस्तुको पहिचान गरिएको थियो।
चेतावनीपछि फाल्कन ९ रकेटमा सवार चारै जना यात्री स्पेश सुट लगाएर आफ्नो आफ्नो सीटमा गएर बसेका थिए। उक्त सूचना यात्रीलाई सम्भावित दुर्घटनाको २० मिनेट पहिले दिइएको थियो। यात्रीलाई यो पनि जानकारी गराइएको थियो कि दुर्घटनाको समय हावाको दवाव क्याप्सुलभित्र कम हुन सक्नेछ।
नासाले अन्तरिक्षमा भएको यो घटनालाई लाइभस्ट्रीममा कैद गरेको छ। जसमा स्पेश एक्सको फाल्कन ९ रकेटको सेकेण्ड स्टेजमा केही दूरीमा अन्तरिक्षमा केही वस्तु देखिएको थियो।
स्पेश एक्सले सुरुमा यसलाई यात्रीको लागि खतरा मान्यो। तर, नासाका अनुसार उक्त फोहोर केही बेरमा फाल्कन ९ देखि ४८ किमी टाढा गएको थियो।
प्रतिक्रिया