नासाको इन्जेन्युटी हेलिकोप्टरले मंगल ग्रहमा सूक्ष्म जीवको खोजी गर्ने

नासाको इन्जेन्युटी हेलिकोप्टरले मंगल ग्रहमा सूक्ष्म जीवको खोजी गर्ने


नासाको पर्सिभिएरेन्स रोभर यस समय मंगलको चट्टानी क्रेटरको सतहमा अन्वेषण गरिरहेको छ। तर, यसैबीच आकर्षणको केन्द्र भने नासाको इन्जेन्युटी हेलिकोप्टर बनेको छ। जसले एकदमै अप्ठेरो समयमा पनि आफ्नो चारै उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अब आगामी चरणमा यस रोटोक्राफ्टलाई एउटा नयाँ मिशन प्राप्त भएको छ।

आफ्नो पहिलो चारै उडानमा इन्जेन्युटीले मंगल ग्रहमा नियन्त्रित उडान सम्भव छ भन्ने कुरा प्रमाणित गरेको छ। अब यसले आफ्नो दोस्रो चरणको काम सुरू गर्नेछ। इन्जेन्युटीलाई अब पर्सिभिएरेन्सको अगाडि अगाडि हिंड्नु पर्नेछ भने उसको नेभिगेशनमा मद्दत गर्नुछ, जसले गर्दा रोभरलाई मंगल ग्रहमा जीवनको संकेत खोज्न मद्दत मिलोस।

नासाले आफ्नो ट्वीटमा इन्जेन्युटीको पाँच उडान मध्ये चार उडानमा सफलता पाएको र हरेक पछिल्लो उडान अघिल्लो उडान भन्दा टाढा, उचाइमा अनि छिटो गरेको भन्ने जनाएको छ । तर, यी चारै उडान पूरा गर्न भने इन्जेन्युटीलाई सोचेको भन्दा धेरै समय लागेको थियो। तर, अब नासालाई यसले अन्य कार्य पनि गर्न सक्छ भन्ने भरोसा बढेको छ।

मंगल ग्रहको सतहमा अहिलेसम्म अन्तरिक्ष यान तथा अन्य रोभरको खोजीमा जीवनको कुनै संकेत प्राप्त भएको छैन। तर, वैज्ञानिक के कुरामा आशावादी छन् भने त्यहाँको सतह मुनि आज नभए पनि कुनै समय सूक्ष्म जीवन अवश्य पनि  थियो। र, उनीहरुलाई यसको संकेत प्राप्त हुन सक्नेछ। यस्तोमा पर्सिभिएरेन्स रोभरको प्रमुख लक्ष्य भनेकै मंगल ग्रहको सतह मुनि त्यहाँको सूक्ष्मतम पुरातन जीवनको खोजी गर्नु रहेको छ।

अब १.८ किलोको रोटोक्राफ्टको लक्ष्य यो आँकलन गर्नु पनि हो कि भविष्यमा रोटोक्राफ्ट मंगल तथा अन्य ग्रहको अन्वेषणमा कतिसम्म मद्दतगार हुनसक्छन्। नासाका अनुसार उसले हेलिकोप्टरको अपरेशन सर्पोट क्षमताको जानकारी संकलन गर्नेछ जबकि पर्सिभिएरेन्सको ध्यान भने उसको वैज्ञानिक अभियानमा केन्द्रित रहनेछ। इन्जेन्युटी  हेलिकाेप्टर जसरी अहिले मंगलमा काम गरेको छ त्यो कुनै दिन मानव अभियानका लागि उपयोगी सावित हुनेछ भने अन्वेषकका लागि उपयुक्त बाटो खोज्नेछ जुन क्षेत्रमा अन्य तरिकाले जान सम्भव छैन। यसलाई जमीनको गुफाको लागि उपयुक्त मानिएको छ जसका बारेमा अन्तरिक्ष यान वा रोभरले जानकारी हासिल गर्न सक्दैन ।

यस्तो होइन  कि इन्जेन्युटीको पाँचौं उडान रद्द गरिएको होस्। आगामी दिनमा यो पूरा पनि हुन सक्छ । यसपछि उक्त अभियान मंगलको लागि एक महिना लम्ब्याउन पनि सकिनेछ। हालसम्म यो निश्चित छैन कि मंगलको एकदमै चिसोमा यो काम गर्न लायक रहन्छ वा रहँदैन। किनकी यसलाई यसको सौर्य उर्जावाला हिटरले तातो बनाउने काम गर्छ। यसलाई केवल एक महिनाको लागि भनेर डिजाइन गरिएको थियो।

नासाले पहिले सोचेको थियो पर्सिभिएरेन्स रोभरले इन्जेन्युटीलाई छोडेर अघि बढ्नेछ। जसका कारण एक अर्काको सम्पर्क टुट्ने वाला थियो। अब भने नासाले दुवैलाई एकसाथ राख्ने विचार गरेको छ। इन्जेन्युटीले रोभरलाई मंगलको माटोको नमूना जम्मा गर्न पनि सहयोग गर्न सक्नेछ । यसले पहिलो नमूना जुलाईमा लिने आशा गरिएको छ।

Logo