पृथ्वीमा हालसम्मकै सबैभन्दा पुरानो पानी भेटियो, १६० करोड वर्ष पुरानो भएकाे दाबी

पृथ्वीमा हालसम्मकै सबैभन्दा पुरानो पानी भेटियो, १६० करोड वर्ष पुरानो भएकाे दाबी


पृथ्वीमा हालसम्मको सबैभन्दा पुरानो पानीको खोजी गरिएको छ। यस पानीलाई लिएर भनिंदैछ कि यो १६० करोड वर्ष पुरानो पानी हो। टोरन्टो युनिभर्सिटीका आइसोटोप जियोकेमेस्ट्रीका भू-रसायनविद डा.बारबरा शेरवुड लोलरले उक्त पानी खोजेका हुन्। हाल यस पानीलाई साइन्स एण्ड टेक्नोलोजी म्युजियममा संरक्षण गरेर राखिएको छ।

डा बारबरा शेरवुड लोलरका अनुसार यस पानीले मंगल तथा सौर्य मण्डलका अन्य ग्रहमा जीवन हुनसक्ने संकेत गर्छ। उनका अनुसार यस पानीको स्वाद एकदमै (खारा) नुनिलो छ।

समुद्री पानीको तुलनामा यो पानी दश गुना नुनिलो छ। डा. बारबराका अनुसार सन् १९९२ मा उनी ओन्टारियोको उत्तर स्थित टिमिन्स नामक स्थानमा गएका थिए । उनलाई यो पानी त्यहिं प्राप्त भएको थियो ।

यस पानीले किड्ड क्रिकमा माइक्रोबियल लाइफ भएको प्रमाण पेश गर्छ। उनका अनुसार यसले पृथ्वीको भित्री सतहमा रहेको जीवनको पनि उजागर गर्न सक्छ।

यस पानीको जाँचले एक ठूलो खोज अगाडि आएको छ। वैज्ञानिकले के पाएका छन् भने  सबैभन्दा चरम परिवेशमा हुने केमोलाइटिथ्रोफिक माइक्रोब्स ब्यक्टेरिया पनि यस पानीमा जीवित रहन सक्छ। उनका अनुसार यी माइक्रोब्स नाइट्रोजन तथा सल्फेटका कारण जीवित रहेको हुनसक्छन्। यी दुवै तत्व समुद्रको सतहमा पाइने गर्छ। जहाँ यस प्रकारको जीव पाइने गर्छन्। यस पानीको खोजले किड्ड क्रीक पहिले समुद्रको तल रहेको हुनुपर्छ  भन्ने आँकलन गरिएको छ।

वैज्ञानिकका अनुसार जुन क्यानेडियन शिल्डमा यो खानी  पाइएको थियो त्यो  मंगल ग्रहको सतहसँग धेरै  मेल खान्छ । उनका अनुसार यदि पृथ्वीको २४ किलोमिटर तल जीवन सुरक्षित हुनसक्ने पानी रहन सक्छ भने यस्तै कुरा मंगल ग्रहमा पनि लागू हुनसक्छ। यस अनुसन्धानले नासाको परसेभरेन्स रोभरद्वारा मंगल ग्रहमा सूक्ष्म जीवनको खोज सम्बन्धी विश्वासलाई थप  बल प्राप्त भएको छ।  

Logo