भारतमा कोरोना सङ्क्रमित घटे, मृतककाे संख्या भने बढ्याे

भारतमा कोरोना सङ्क्रमित घटे, मृतककाे संख्या भने बढ्याे


भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ। यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।

प्राप्त समाचार अनुसार बिहारमा कोरोना सङ्क्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो। यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रेर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ। यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ । 

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९१ लाख  ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ। गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्। यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोनामुक्त भएका छन्। हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

भारतमा बुधबार एकै दिनमा २० लाख  ३४ हजार ६९० जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ।  गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० डोज खोप लगाइएको छ। 

Logo