पब्जी निर्माण कम्पनीकाे आइपीओ आउने

पब्जी निर्माण कम्पनीकाे आइपीओ आउने


चर्चित भिडियोगेम पब्जी निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्र्याफ्टन इन्क’ ले आइपीओ जारी गर्ने भएको छ ।

आइपीओमार्फत करिब ५.६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्र्याफ्टनले जनाएकोे छ । नियामकलाई बुझाएको विवरणमा क्र्याफ्टनले प्रतिसेयर ४ लाख ५८ हजारदेखि ५ लाख ५७ हजार कोरियन वनको रेन्जमा १ करोड सेयर जारी गर्ने जनाएको छ ।

सन् २०१७ मा सार्वजनिक भएयता पब्जी सर्वाधिक छिटो बिक्री भएको गेममध्ये एक हो । 

Logo