डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु

डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु


ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । उक्त डुंगा लिवियाबाट इटली जाँदै गरेको हाे । 

ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए । 

लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको बिबिसीले जनाएकाे छ । 

सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।

Logo