मालीका राष्ट्रपतिमाथि आक्रमण

मालीका राष्ट्रपतिमाथि आक्रमण


मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । 

उनलाई दुई व्यक्तिले आक्रमण गरेको एएफपीले जनाएकाे छ ।  अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।

राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत “सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ । 

उनीमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”  

Skip This
Logo