भारतका विभिन्न ठाउँमा भूकम्पको झट्का महसूस

भारतका विभिन्न ठाउँमा भूकम्पको झट्का महसूस


भारतका विभिन्न क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्पको झट्का महसूस गरिएको छ।

राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको एजेन्सीहरूले जनाएका छन्। यी मध्ये राजस्थानमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटमा भूकम्पको झट्का महसूस गरिएको जनाएको हाे।

यता लेह–लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसूस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ।

उता  मेघालयमा पनि भूकम्पको झट्का महसूस गरिएको छ।

Skip This
Logo