जब प्रधानाध्यापकको कुर्सीमा बाँदर बस्यो…

जब प्रधानाध्यापकको कुर्सीमा बाँदर बस्यो…


भारतको मध्य प्रदेशमा रहेको ग्वालियरस्थित एक विद्यालयमा प्रधानाध्यापकको कुर्सीमा बाँदर बसेको भिडियो सार्वजनिक भएको छ। 

भारतको सरकारी विद्यालयको प्रधानाध्यापक बस्नको लागि राखिएको नयाँ कुर्सीमा बाँदरले कब्जा गरेको हो। 

भिडियोमा विद्यालयका कर्मचारीहरूले बाँदरलाई भगाउन खोजेको देखिन्छ। तर बाँदर कुर्सीमा बस्न पाउँदा खुशी भएर छोड्न मान्दैन। उसले कुर्सीको प्लास्टिक कभर पनि च्यात्न खोज्छ। 

त्यही बेला एकजना विद्यालयका कर्मचारी बाँदर नजिक पुगेपछि कुर्सीमा रमाएर बसेको बाँदर कुर्सीबाट भागेर प्यासेजतिर जान्छ।एजेन्सी

Logo