दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर


कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। 

खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ। सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन्। यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५.१२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो। 

जुलाईमा आयात ३८.२ प्रतिशतले बढेर ५३.६७ अरब अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ। यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १.७७ अर्ब अमेरिकी डलर पुगेको छ। व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महिनासम्म चिन्ताजनक रहेको थियो। दक्षिण कोरियामा लगातार चौथो महिना निर्यात दरमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महिनासम्म वृद्धिमा निरन्तरता कायम छ। 

यस वर्षको पहिलो सात महिनामा निर्यात ३५८.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो २६.६ प्रतिशतको वृद्धि हो।रासस

Logo