डाइनोसर शाकाहारी पनि थिएः विश्वमा कति वर्षसम्म रहे?, अनि कसरी हराए?

डाइनोसर शाकाहारी पनि थिएः विश्वमा कति वर्षसम्म रहे?, अनि कसरी हराए?


आजभन्दा करोडौं वर्ष पहिले पृथ्वीमा डाइनोसरले राज गरेका थिए। उक्त समयमा पृथ्वीमा डाइनोसरका  विभिन्न प्रजाति थिए। जसमध्ये कति शाकाहारी थिए भने कतिपय मांशाहारी।

वैज्ञानिक अध्ययनका अनुसार करिब ६.६ करोड वर्ष पहिले एउटा सहर जत्रो आकारको एस्टेराइड पृथ्वीमा खस्यो। जसका कारण त्यसबेला डाइनोसरका साथै पृथ्वीमा रहेका ७५ प्रतिशत जीवन समाप्त हुन पुग्यो। डाइनोसर विषयक भएको एक अध्ययनका अनुसार लाखौं वर्षसम्म ४२ अरब डाइनोसरले पृथ्वीमा राज गरेका थिए। उक्त अध्ययन बर्कलेमा क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन्।

उनीहरुले टायरैनोसोरस (टि रेक्स) नामक डाइनोसरको प्रजातिको आकार, उर्जा आवश्यकता  तथा लैंगिक परिपक्पताका आधारमा यो अध्ययन गरेका हुन्। अध्ययनमा डाइनोसर करिब एक लाख २७ हजार पिंढीसम्म जीवित रहेको पाइयो। यस अध्ययनको आधारमा पृथ्वीमा डाइनोसरको कुल संख्या १४ करोडदेखि ४२ अर्ब  रहेको अनुमान गरिन्छ। औसत संख्यामा हिसाब गर्दा यो २.५ अर्ब  हुन आउँछ। यस अध्ययनका प्रमुख चार्ल्स मार्शलका अनुसार यो  अनुमान आगामी शोधका लागि महत्वपूर्ण सावित हुनेछ । उनका अनुसार डाइनोसरका अत्यन्त बलियो बंगारा तथा दाँत रहेका थिए। चार्ल्स मार्शल युनिभर्सिटी अफ क्यालिफोर्निया म्युजियम अफ पेलियोन्टोलोजीका निर्देशक हुन्।

मार्शलको अध्ययनका अनुसार डाइनोसरको उक्त आवादी उत्तरी अमेरिकामा विचरण गर्ने गर्थे । उनको टिमले डाइनोसरको संख्या पत्ता लगाउनको लागि जीव विज्ञानको नियमको उपयोग गरेको थियो । यस नियमका अनुसार जनावर जति भयानक हुन्छ त्यसको आवादी उति नै कम हुन्छ। यसपछि टिमले 'टि रेक्स'लाई बाँच्नका लागि कति उर्जाको जरुरत पर्थ्यो,  त्यसको हिसाब निकाल्यो । शोधका दौरान डाइनोसरको जनसंख्याको घनत्वको पनि अन्दाज लगाइयो । यसको आधारमा आएको  निष्कर्ष साइन्स जर्नलमा प्रकाशित गरिएको छ।

यस अध्ययनमा 'टि रेक्स' १४ देखि १७ वर्षको बीचमा परिपक्व हुने कुराको खुलासा पनि भएको छ। यस प्रजातिको डाइनोसरको अधिकतम आयु २८ वर्षको हुने गर्थ्याे। मार्शलका अनुसार विभिन्न क्षेत्रमा गरेर 'टि रेक्स'को अहिलेसम्म एक सयभन्दा बढी जीवाश्मको खोजी भइसकेको छ।

Logo