यी हुन् विश्वमै सबैभन्दा लामो खुट्टा हुने दोस्रो महिला

यी हुन् विश्वमै सबैभन्दा लामो खुट्टा हुने दोस्रो महिला


शिकागो (अमेरिका) निवासी रेन्सेखेरलु बडको कम्मरदेखि पैतालासम्मको लम्बाई ५२.८ इन्च छ। विशेष कुरा यो हो कि उनको परिवारका सबैजनाको लम्बाई सामान्य भन्दा लामो छ। रिपोर्टका अनुसार उनी सबैभन्दा लामो खुट्टा हुने दोस्रो महिला हुन्।

जसका कारणले गर्दा, उनलाई कपडा र जुत्ता किन्न धेरै कठिनाई पर्छ। मूल रूपमा मंगोलियाकी यी महिलाको बुबाको उचाई ६ फिट १० इन्च छ, जबकि आमाको उचाई ६ फिट १ इन्च छ। यद्यपि यस्तो उचाईका कारण उनीहरुको परिवारलाई धेरै चोटि मजाक पनि बनाइयो।

उनका अनुसार बाल्यकालमा उनी ज्यादै अप्ठ्यारो महसुस गर्थिन्, तर अब उनलाई आफ्नो उचाईमा गर्व लाग्छ। उनी आफ्नो लामो खुट्टासँग खुशी छिन्। उनी एउटा ब्राण्डका लागि मोडलको काम गर्छिन्। यद्यपि रेन्सेखेरलुलाई गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम समावेश गर्न मन छैन। उनी इन्स्टाग्राममा सक्रिय छिन्।

उनी भन्छिन्, 'मैले लामो उचाईका कारण धेरै समस्याहरूको सामना गर्नु पर्यो । जस्तै आफ्नो साइजको कपडा किन्न समस्या, धेरै घरहरू साना भएका कारण हिड्न र बस्नलाई समस्या, कहिलेकाँही टाउको ढोका वा छानामा लाग्नु।'

उनीहरूले जूत्ताका लागि पनि संघर्ष गर्नुपर्छ। किनभने उनीहरूको जुत्ताको साइज पुरै एशिया र मंगोलिया र कोरियामा पनि पाइँदैन।

काे हुन् सबैभन्दा लामो खुट्टा हुने महिला?

विश्वको सबैभन्दा लामो खुट्टा मेस्सी कुरनको छ। उनी टेक्सास प्रान्तको अस्टिनमा बस्छिन्। उनको खुट्टाको लम्बाई ५३ इन्च छ।

एजेन्सीकाे सहयाेगमा 

Logo