नङ पालेर विश्व रेकर्ड कायम

नङ पालेर विश्व रेकर्ड कायम


केटीहरूलाई नङ पाल्न मन पर्छ। धेरै केटीहरू स्टाइलिश देखिन प्रायः लामो नङ पाल्छन्। तर यहाँ त्यस्ता व्यक्तिहरु पनि छन् जो ठूलो नङ पाल्ने र नकाट्ने शोख नै राख्छन्।

उनीहरूले नङ कसरी हेरचाह गर्छन् भनेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ। अमेरिकाकी क्रिस वाल्टन, एक व्यवसायिक गायिका हुन्। उनको नङको लम्बाई १० फिट २ इन्च छ। जब उनी आफ्ना दुवै हातहरू अगाडि राखेर हिड्थिन् उनलाई देखेर जो कोही पनि डराउँथे।

२०१२ मा, क्रिसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा लामो नङ भएको महिलाको रूपमा नाम दिएकाे थियाे। चम्किलो सुनौलो रंगको क्रिसको नङ गोलाकार आकारमा बढ्न थाल्यो।

यदि क्रिसका दुबै हातको नङलाई जोड्ने हो भने त्यसको लम्बाई २० फिट हुनेछ। उनी यीनै नङको कारण विश्वमा प्रसिद्ध थिइन्। यति ठूलो नङ भए पनि उनी सजिलैसँग आफ्नो काम गर्न सक्थिन्। यद्यपि क्रिसले आफ्नो नाम गिनिज बुकमा लेखाएपछि नङ काटिन्।एजेन्सीकाे सहयाेगमा 

Logo