जंगलमा हराएर भेटिएकी बालिका भन्छिन्, ‘अब कहिल्यै जान्न’

जंगलमा हराएर भेटिएकी बालिका भन्छिन्, ‘अब कहिल्यै जान्न’


रुसमा २२ महिनाकी एक बालिका चार दिन जंगलमा हराएर फेला परेकी छिन्। ल्युडा कुजिना नामकी बालिका रुसको मस्कोबाट पश्चिम दिशामा रहेको स्मोलेन्स्क क्षेत्रमा आफ्नै घरछेउको जंगलमा हराएकी हुन्।

खाना र पानीविना चार दिनसम्म जंगलमा हराएकी ती बालिका कीराका टोकाइबाट ग्रस्त भएको अवस्थामा भेटिएकी थिइन्। 

‘उनले अब कहिल्यै त्यसो नगर्ने बचन दिएकी छिन्,’ बालिकाकी आमाले भनिन्। हाल उनी स्मोलेन्स्क बाल अस्पतालमा उपचाररत छिन्। आफ्नी चार वर्षीय दिदीसँग खेलिरहेकी ती बालिका आमा छिमेकमा गएको मौका पारी आँखा छलेर जंगल पसेकी थिइन्। 

बालिका हराएलगतै उनलाई खोज्न ४ सय स्थानीय स्वयंसेवक र प्रहरी लागिपरेका थिए।गोताखोरहरूले नजिकैका तलाउहरूमा पनि उनको खोजी गरे। खोजी सुरु भएको चौँथो दिन खोजीमा खटिएको एक समूह बालिकाको घरभन्दा ४ किलोमिटर पर थाकेर आराम गरिरहेका बेला चिच्याहट सुने, जुन ती बालिकाको थियो। 

सन् २०१६ मा एक बालक बाघ, भालु भएको जंगलमा ७२ घण्टा हराएर भेटिएका थिए। ती बालक एक चकलेटसहित हराएका थिए, तर ल्युडासँग खानपिउनलाई केही पनि थिएन। 
(बीबीसीको सहयोगमा)
(फोटोः स्लेडकम स्मोलेन्स्क)

Logo