अफगानिस्तानबाट एकैदिन ६ हजार ८०० अमेरिकी नागरिकको उद्धार

अफगानिस्तानबाट एकैदिन ६ हजार ८०० अमेरिकी नागरिकको उद्धार


अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८०० नागरिकको उद्धार गरेको छ । अफगानिस्तान छाड्न चाहने थप ६ हजार ८०० नागरिकको उद्धार गरेको छ ।

योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।

तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको बिबिसीले जनाएकाे छ । 

Logo