इतिहासमा आजः अन्तरीक्षमा पुग्ने पहिलो अफगानीदेखि रुसको आणविक परीक्षणसम्म

इतिहासमा आजः अन्तरीक्षमा पुग्ने पहिलो अफगानीदेखि रुसको आणविक परीक्षणसम्म


अन्य दिनमा झैं इतिहासमा आज अगस्ट २९ मा पनि केही महत्वपूर्ण घटना भएका थिए। आज  सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षणदेखि माइकल ज्याक्सनको जन्म भएको थियो। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

अन्तरीक्षमा पुग्ने पहिलो अफगानी

अब्दुल मोहम्द अन्तरीक्षमा पुग्ने पहिलो अफगानी हुन्। अफगान वायु फौजको पाइलटसमेत रहेका मोहम्द सोभियत अन्तरीक्ष यान सोयुज टीएएम ६ को कारिन्द दलको सदस्य बनेर सन् १९८८ को अगस्ट २९ मा अन्तरीक्षमा पुगेका थिए। उनले अन्तरीक्षमा ९ दिनसम्म विताएका थिए। 

सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षण

सोभियत युनियनले पहिलो पटक सन् १९४९ को २९ अगस्टमा आफ्नो आणविक बम परीक्षण गरेको थियो । फस्ट लाइटनिङ नाम दिइएको सो आणविक बम २२ किलोटन थियो। बमलाई कजाकस्तानको सेमीपलतिन्क परीक्षण साइटमा परीक्षण गरिएको थियो। सो बम म्यानहटन परीयोजनामा गुप्तचरले फ्याट मेन बमको अनुकरण भएको बताइएको थियो। 

माइकल फराडेको आविष्कार
 
सन् १९३१ मा माइकल फराडेले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन पत्ता लगाएका थिए। उनको आविष्कारले विद्युतीय उत्पादन, ट्रान्र्सफमर र इन्डक्सनलगायतका क्षेत्रमा सहज बनाएको छ। अंग्रेज वैज्ञानिक फराडे अनुसन्धानकर्ता थिए। इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनका अतिरिक्त उनले बेन्जेन र इलेक्ट्रोलाइसिस पत्ता लगाएका थिए। 

माइकल ज्याक्सनको जन्म

अमेरिकी गायक, लेखक, अभिनेता तथा डान्सर माइकल ज्याक्सको जन्म आज अर्थात २९ अगस्ट १९५८ मा भएको थियो। पप गीतका राजा भनिने ज्याक्सन २०औं शताब्दीका महत्वपूर्ण साँस्कृतिक हिरो हुन्। चार दशक लामो करिअरमा संगीत, नृत्य, फेसनमा उनले पुर्‍याएको योगदानका कारण ज्याक्सन विश्वभर चर्चामा आए। आधुनिक इतिहासमा सबैभन्दा बढी पुरस्कृत हुने व्यक्ति ज्याक्सनको निधन ५० वर्षको उमेरमा सन् २००९ को जुन २५ मा भएको थियो।न्युज कारखानाबाट

Logo