फेसबुक भन्छ, ‘अफगानिस्तानबाट निस्कन मानिसहरूलाई सघायौँ’

फेसबुक भन्छ, ‘अफगानिस्तानबाट निस्कन मानिसहरूलाई सघायौँ’


फेसबुकले अफगानिस्तानबाट निस्कन १ सय ७५ जनालाई सघाएको बताएको छ।बीबीसीसँग कुरा गर्दै फेसबुकले त्यस्तो जानकारी दिएको हो। 

मेक्सिकोको राजधानी मेक्सिको सिटीका लागि सञ्चालन गरिएको हवाई उडानमा आफ्ना कर्मचारी पनि रहेको फेसबुकले जनाएको छ। सो उडानमा ७५ बालबालिकासहित अभियन्ता र स्वतन्त्र पत्रकार पनि रहेको मेक्सिको सरकारले बताएको छ। 

‘फेसबुकका कर्मचारीको उद्धार गर्ने क्रममा हामी खतरामा रहेका परिवारहरूको उद्धार गर्न पनि सफल भयौँ,’ फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने। 

दुई साता अघि तालिवानले अफगानिस्तानको सत्तामा कब्जा जमाउन सुरु गरेलगतै फेसबुकले आफ्नो ‘एप’मा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा ‘फिचर’ ल्याएको थियो। तालिवानलाई आतंककारी मान्ने भएकाले तालिवानका ‘कन्टेन्ट’लाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाउने प्रतिबद्धता फेसबुकले अघिल्लो महिना जनाएको थियो। 

Logo