डलरकाे चाङ लगाएर सुत्ने युवतीहरु!

डलरकाे चाङ लगाएर सुत्ने युवतीहरु!


पैसाको चाङमा बस्ने हैसियत कसको हुन्छ? धेरैले दिने जवाफ हो, अर्बपतिहरु। तर, एक यस्तो ग्ल्यामर पेशा पनि छ, जसलाई अंगाल्नेहरु पैसाको चाङ लगाएर बस्न सक्छन्। उनीहरुसँग अथाह पैसा पनि हुन्छ।

अहिले सामाजिक संजालमा केही युवतीहरु डलरको चाङमा बसेर डलर खेलाइरहेको फोटो भाइरल भएको छ। यिनीहरु खासमा स्ट्रिपर हुन्। कतिपय मुलुकमा स्ट्रिपिंगलाई बैधानिक मानिन्छ। उनीहरुले सोसल मिडियामा आफ्नो जीवनशैली झल्काउने फोटो अपलोड गरेका हुन्।

उनीहरुले गर्वसाथ नोटको बन्डलमा आफ्नो फोटो सेयर गरेका छन्।

पैसाको चाङमा खेल्ने यी स्ट्रिपरहरुले कति कमाउँछन् ? यसको स्पष्ट अनुमान छैन। यद्यपी २०१० मा युकेमा भएको अध्ययन अनुसार एक स्ट्रिप डान्सरले एक बर्षमा करिब एक करोड रुपैयाँ कमाउँछन्। यो कमाई चल्तीका अमेरिकन वकिलको भन्दा बढी हो। एजेन्सी

Logo