चीनले बनाएकाे विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल कस्ताे छ?

चीनले बनाएकाे विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल कस्ताे छ?


चीनले विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल बनाएको छ। सांघाइमा निर्माण भएको विश्वकै पहिलो अन्डर ग्राउन्ड होटेल संचालनमा पनि आइसकेकाे छ। उक्त पाँचतारे होटल जमिनको सतहभन्दा ८० मिटर तलसम्म बनेको छ। 

१८ तले सो होटल चीनको पूर्वी क्षेत्रमा रहेको सांघाइ शहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। १८ तल्ले मध्ये १६ तल्ला अन्डर ग्राउन्ड रहेको भने २ तल्ला भने पूर्णरुपले पानीमुनि रहेको छ।

दुबइमा रहेको बुर्ज अल अरब होटल निर्माण गरेका आर्टिटेक्चरहरुले नै चीनमा निर्माण भएको उक्त होटल डिजाइन गरेका हुन्। सो अन्डरग्राउन्ड होटलको निर्माण गर्न करिब १० वर्ष लागेको जनाईएको छ।

भवनको अघिल्लो भागमा ठूलो पोखरी रहेको छ भने जमिनमाथि पार्कहरु निर्माण गरिएको छ। पानीमुनि रहेको कोठा बाहेक बाँकी ३३६ कोठाबाट झरना देखिनुका साथै कोठामा रहेका सिसाका झ्यालबाट पानी बगिरहको दृश्य देखिनेछ।एजेन्सी

Logo