रहेनन् पूर्वका माओ तथा साइनिङ पथ आन्दोलनका नेता गोन्जालो

रहेनन् पूर्वका माओ तथा साइनिङ पथ आन्दोलनका नेता गोन्जालो


पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । 

आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरि आजिबन काराबासको सजायँ सुनाएको थियो। यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो।  

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो। गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो। समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन्। 

को हुन् गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए। सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो। दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्त्यतिर पेरू सरकारले झन्डै घुँडा टेकेको थियो। एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो। सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजीवन काराबासको सजायँ सुनाएको थियो। उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो। अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ।  

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो। साइनिङ पथले  सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो।   

पाशविक द्वन्द्व सुरु 
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो। साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास गर्यो। कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उद्देश्य थियो। तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचनप्रति खासै चासो देखाएन। 

बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरि आफ्नो शासन चलायो र आफ्ना बिरोधीको  हत्या गर्न थाल्यो। शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुँडा टेकेको थियो। तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो।न्युज कारखाना 

Logo