२० मंसिर २०७८ सोमबार

0 Shares

हैजाबाट नाइजेरियामा ३२९ जनाको मृत्यु

नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन्। 

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो। त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन्। ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो। तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए। 

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ। हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ। 

विश्व

प्रकाशित: ७ असोज २०७८ १६:३७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी