सोमालियामा राष्ट्रपति भवन अगाडि आत्मघाती विष्फोट : ७ जनाको मृत्यु

सोमालियामा राष्ट्रपति भवन अगाडि आत्मघाती विष्फोट : ७ जनाको मृत्यु


सोमालियमा राष्ट्रपति भवन अगाडी आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन् । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो ।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिसले बताएका छन् ।

मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ । सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

Logo