४ कात्तिक २०७८ बिहीबार

0 Shares

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग

अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसङ्घले सवैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ। राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन्। 

अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सवैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए। 

प्रधानमन्त्री खानले विषेशगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तरर्राष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए।  

“अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,” प्रधानमन्त्री खानले भने।

मानवीय सहायता उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउने गरी नराम्रो क्षति हुने चेतावनीसमेत उनले दिए।  

उनको सम्वोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिएको उल्लेख गरिएको छ। 

“हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्रयाई गर्यौँ भने अहिले नै आधा मानिस गरिवीको रेखा मुनी छन्, अर्को बर्षसम्ममा ९० प्रतिशत मानिस गरिव हुन्छन्,” प्रधानमन्त्री खानले भनेका छन्। 

अहिले पनि भोकभरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरे। अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमो आफूलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ। 

अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएका छन्। 

“सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अव पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,” उनले भने।

विश्व

प्रकाशित: १० असोज २०७८ ११:३३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी