आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । 

उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो अभिव्यक्ति दिएका हुन् ।

 यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा उनले जोड दिए । 

अहिले पनि आणविक हतियारहरु विश्वमा एक चुनौतीका रुपमा रहेको पनि उनले बताए ।

उनले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको जानकारी दिए ।

उनले संयुक्त राष्ट्रसंघले आफ्नो स्थापनादेखि नै हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारे । रासस/सिन्ह्वा  
 

Logo