जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा


जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू, सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन्। 

रूढिवादीहरूको विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् ।  

वर्तमान सरकारका अर्थमन्त्रीसमेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन, तुरुन्त प्रतिपक्षमा जानुपर्छ भने ।

जर्मनमा मर्केलको पार्टी पराजित भएको छ । रासस\एएफपी

Logo