ज्वरो आएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

ज्वरो आएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना


भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ८९ वर्षीय मनमोहन सिंहलाई बुधबार दिल्लीस्थित एम्समा भर्ना गरिएको हो।

उनलाई ज्वरो आएको थियो । अहिले उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ। 

कांग्रेस पार्टीको आधिकारिक ट्विटरमा भनिएको छ, ‘सम्पूर्ण राष्ट्र हाम्रा प्रिय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्छ।’एजेन्सी 

Logo