घाँटीमा जकडिएको टायरबाट दुई वर्षपछि मुक्त भयाे जरायो

घाँटीमा जकडिएको टायरबाट दुई वर्षपछि मुक्त भयाे जरायो


अमेरिकाको कोलराडोमा एउटा जरायोको घाँटीमा टायर अड्कियो। सन् २०१९ मा पहिलो पटक त्यसबारे रिपोर्टहरू प्रकाशित भए। तर त्यसपछि उक्त जरायो लुप्त जस्तै भयो।

तर यस पटक मैथुनको मौसममा पोथी जरायोहरूका कारण उसको ध्यान भड्किएका बेला वन्यजन्तु अधिकारीहरूले त्यसलाई बेहोस बनाए।

टायरमा भएको स्टीलका कारण त्यो काट्न सम्भव भएन। अधिकारीहरूले जरायोका सिङ नै काटिदिए।

सिङ आगामी वसन्त यामसम्ममा पलाइसक्ने अधिकारीहरूको विश्वास छ। तर जरायाेकाे घाँटीमा साे टायर कसरी अड्कियो भन्ने बारेमा भने अधिकारीहरू नै अनभिज्ञ छन्।बीबीसी

Logo