ह्युस्टनमा विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल

ह्युस्टनमा विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल


ह्युस्टनमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै सकुशल रहेका छन्। बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी–८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो। दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए। विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए। तीमध्ये दुई जना सामान्य घाइते भएका छन्। 

ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।एजेन्सी

Logo