सुडानमा सेनाको कूको विरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

सुडानमा सेनाको कूको विरोधमा भएका प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु


सुडानमा सेनाको कूको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। गोली लागेर दर्जनौं घाइते भएका छन्। सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो। 

सेनाको कदमको बिरोधमा हजारौंले राजधानी खार्तुमलगायतका सहरमा प्रदर्शन गरेका थिए। उनीहरुले गैरसैनिक शासन माग गरेका थिए। सैन्य कूको अन्तर्राष्ट्रिय समुदायले पनि विरोध गरेको छ। अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ। 

जनरल अब्देल फतेह बुर्हानले राजनीतिक अस्थिरताका कारण सुडानमा संकट निम्तिएको बताएका छन्। सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ। 

सेनाले सत्ता हातमा लिएपछि बन्द भएका विमानस्थल, अन्तर्राष्ट्रिय उडान र टेलिफोन सेवा अझै सञ्चालनमा छैनन्।एजेन्सी

Logo