७०० किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

७०० किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण


भारतमा एक बिरामीको ज्यान जोगाउन मानिसको मुटुलाई ७०० किलोमिटर टाढाबाट ल्याइएको छ। ५१ वर्षीय विरामीको ज्यान जोगाउन केरलाको कोचीदेखि तमिलनाडुको चेन्नाई पुर्याइएको हो।

एउटा सहरबाट अर्को सहरमा लगिएको सो मुटुको सफल प्रत्यारोपण भएको छ। दुर्घटनापछि ‘ब्रेन डेड’ भएका व्यक्तिको मुटु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गरिएको हो।

मुटुको सफल प्रत्यारोपण भएका बिमारी डायलेटेड कार्डियो मायोप्याथी (डीसीएम) बाट पीडित थिए। डीसीएमबाट पीडित व्यक्तिको मुटुको रक्त पम्प गर्ने क्षमता कमजोर हुन्छ। उनी यसै वर्षको फेब्रुअरीदेखि प्रत्यारोपणको पर्खाइमा थिए। 

मुटु दाता ३० वर्षीय पुरुष एक दुर्घटनामा परेपछि ट्रउमेटिक ब्रेन इन्ज्यिुरीबाट पीडित थिए। उनलाई १९ अक्टोबरमा अस्पताल भर्ना गरिएको थियो। शनिबार उनलाई ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि परिवारका सदस्यसँगको सहमतिपछि उनको मुटु अर्का बिरामीलाई दिने प्रक्रिया सुरु भएको थियो। 

कोचीस्थित रेला अस्पतालका चार जना चिकित्सकको टोलीले मुटुको सफल प्रत्यारोपण गरेको थियो।एजेन्सी

Logo