१२ मंसिर २०७८ आइतबार

0 Shares

अमेरिकाले गर्‍यो चिनियाँ टेलिकमको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ। राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो। 

रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नु पर्नेछ। कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन्। 

कम्पनीमार्फत चीनले अमेरिकाविरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन्। 

चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेबा दिँदै आएको छ। अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ। अमेरिकाले लाइसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ। 

‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौं,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ। चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन वटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो। 

यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन्। कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाइलदेखि लेनलाइन टेलिफोन सेवा  उपलब्ध गराउदै आएको छ।एजेन्सी 

विश्व

प्रकाशित: १० कात्तिक २०७८ ०९:०१ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी