दक्षिण कोरियाले डेढ वर्षदेखि बन्द ईपीएस मंसिरदेखि खुलाउँदै

दक्षिण कोरियाले डेढ वर्षदेखि बन्द ईपीएस मंसिरदेखि खुलाउँदै


कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ। महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो।

कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन्। तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो। विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको छ।

अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ।

Logo