भारतले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

भारतले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने


भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो।

प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ। गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो।

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकारात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन्। 

केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो। गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो।एजेन्सी

Logo