काेराेना संक्रमण बढ्दैः एकदिनमा विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा संक्रमण पुष्टि

काेराेना संक्रमण बढ्दैः एकदिनमा विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा संक्रमण पुष्टि


एकदिनमा विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही समय अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् । यस्तै ५ हजार २९५ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ।

थपिने संक्रमितको संख्या प्रायजसो युरोपका मुलुकहरुमा धेरै छ। जर्मनीमा ४९ हजार ३११, अमेरिकामा ३९ हजार ५६७, फ्रान्समा ३७ हजार २१८, रुसमा ३३ हजार ९४६, पोल्याण्डमा २६ हजार १८२, नेदरल्याण्डमा २२ हजार ३१ र बेल्जियममा २१ हजार ७७२ जना थपिएका छन्।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ३९ हजार ४०९, रुसमा ३६ हजार ४९४, जर्मनीमा २७ हजार ८००, युक्रेनमा २२ हजार ९४६, पोल्याण्डमा २२ हजार ६३० र अस्ट्रियामा ११ हजार ६९७ जना छन्।

यस्तै एसियामा टर्कीमा २५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७५९ जना संक्रमित थपिएका छन्। मलेसियामा ५ हजार ९७ जना थपिँदा ५ हजार बढी निको भएका छन्।

मृत्यु हुनेमा पनि युरोपकै मुलुकहरुमा धेरै देखिएको छ। सबैभन्दा धेरै रुसमा एक हजार २३९, युक्रेनमा ५६८, पोल्याण्डमा ३७८, जर्मनीमा १७० र जर्मनीमा १३१ जना रहेका छन्।

Logo