अरब देशसँग सम्बन्ध तोडेको इजिप्टको घोषणा, अमेरिकामा मदिरामाथिको प्रतिबन्ध फुकुवा

अरब देशसँग सम्बन्ध तोडेको इजिप्टको घोषणा, अमेरिकामा मदिरामाथिको प्रतिबन्ध फुकुवा


आज ५ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना

इजिप्टद्वारा अरब देशसँग सम्बन्ध तोडेको घोषणा
सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो। तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए। ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए। सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए। 

क्रिगिज सोभियत समाजबादी गणतन्त्रको स्थापना
सन् १९३६ मा क्रिगिज सोभियत समाजबादी गणतन्त्रको स्थापना भएको थियो। क्रिगिज सोभियत रिपब्लिक सोभियत संघको गणतन्त्रको रुपमा स्थापना भएको थियो। 

अमेरिकामा मदिरामाथिको प्रतिबन्ध हट्यो
अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो। 

बेलायतको नागरिक साझेधार ऐन कार्यान्वयनमा
सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो। संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो।एजेन्सी

Logo