विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड


बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।  

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताएका छन् । 

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताएका छन् । 

Logo