बेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृत्यु हुने वैज्ञानिकहरूकाे दाबी

बेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृत्यु हुने वैज्ञानिकहरूकाे दाबी


कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन्।

पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन्। यो संक्रमण दर जनवरी पछिकै ठूलो हो। संक्रमितमध्ये कति जनfलाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन।

वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिव पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनु पर्नेछ।एजेन्सी

Skip This
Logo