३१ साउन २०७९ मंगलबार
1
1
1
1

0 Shares

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

1
1
1
1
1

पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन्। पदचिन्ह फेला परेसँगै  २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ। 

राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन्। डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन्।  

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,' पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

मांसाहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन्। एजेन्सी

राेचक विश्व

प्रकाशित: २ पुष २०७८ १३:०१ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी