पृथ्वीमा कति सुन छ भन्ने कुरा ठ्याक्कै थाहा पाउन नसकिए पनि हाम्रो ग्रह मात्रै सुनको खानी होइन। चन्द्रमामा पनि सुन छ। तर अहिलेको मूल्यमा चन्द्रमामा सुन उत्खनन गरेर पृथ्वी ल्याउनु धेरै महँगो पर्छ।
"त्यहाँ भए पनि उत्खनन गर्नु फाइदाजनक छैन," अन्तरिक्ष विज्ञ सिनेड ओसुलेभान भन्छन्। "बेचेर आउने पैसाभन्दा धेरै उत्खनन गर्दा लाग्छ।"
एन्टार्टिकामा पनि सुन खानी छन् तर त्यहाँ उत्खनन गर्ने कार्य पनि त्यहाँको चरम मौसममा कहिल्यै फाइदाजनक नहुन सक्छ। समुद्रको भुँइमा पनि सुन खानी छन् तर ती पनि फाइदाजनक छैनन्।
खनिज तेलको तुलनामा सुनको फाइदा भनेको यो पुनर्प्रयोग गर्न मिल्छ। त्यसैले सुन खानीमा सुन सकिए पनि संसारमा सुन बाँकी रहन्छ।
मोबाइल फोन जस्ता उपकरणमा प्रयोग भएका सुन भने हराएर जान्छन् तर एउटा मोबाइलमा एकदमै थोरै मात्र सुन हुन्छ र ती सुनलाई झिक्ने प्रयासहरू सुरु भइसकेका छन्।
ठूलो परिमाणमा सुन उत्खनन गर्ने कार्य कठिन हुन्छ र यसका लागि जमिनमुनि र माथि निकै उपकरण, विज्ञता र मानव स्रोत आवश्यक पर्छ।
"विशाल, कम खर्चिलो र पुराना खानीहरूमा सुन सकिँदै गएकाले उत्खनन कार्य कठिन हुँदै गएको छ।" "चिनियाँ खानीहरू साना छन् त्यसैले खर्चिला छन्।"
सन् २०२० को अगस्टमा महामारीका कारण धेरै लगानीकर्ताहरूले सुनमा लगानी गर्न चाहेपछि सुनको मूल्य सबैभन्दा उच्च भएको थियो।
विश्वमा सुन खानी नखोजिएका ठाउँहरू कमै छन्। सङ्घर्षग्रस्त पश्चिम अफ्रिकामा सुनखानी हुनसक्ने अनुमान गरिन्छ।बीबीसीबाट
विश्वप्रकाशित: ११ पुष २०७८ २१:१६ आइतबार