हत्याकाे प्रयासबाट जाेगिए हाइटीका प्रधानमन्त्री, प्रथम महिला घाइते

हत्याकाे प्रयासबाट जाेगिए हाइटीका प्रधानमन्त्री, प्रथम महिला घाइते


हाइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ। प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो। गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइँकिएको थियो। आक्रमणमा प्रथम महिला घाइते भएकी छिन्।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ। 

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो। हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो। राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए।एजेन्सी

Logo