अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा

अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा


अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो।

तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन। यसअघि एक जना मानिसले बढीमा प्रति साता २०० डलर झिक्न पाउँथे। 

अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिबानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरेको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलर बजेट सार्वजनिक गरेको थियो। सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना गरिरहेको छ। 

बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ।एजेन्सी

Logo