बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने


बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । 

जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यालयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घण्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन ।

त्यसै गरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइएको छ । नयाँ नियमअनुसार माध्यमिक विद्यालयका विद्यार्थीलाई कक्षा कोठामा फेस मास्क अनिवार्य गरिनेछैन । त्यस्तै, कोभिड पोजेटिभ भएका व्यक्ति अनिवार्य आइसोलेसनमा बस्ने प्रावधान पनि हटाइने उनले बताए । 

बेलायतमा औषधमा दैनिक ८२ हजारमा कोभिड संक्रमित देखिएका छन् ।

Skip This
Logo