२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईसम्म पुग्ने याे चरा

1
1
1
1
1

कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निष्कर्ष निकालेको छ। युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो।

 यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो। समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन्। 

अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपाेन्मुख अवस्थामा छन्। पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ। ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो। 

यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाइ छ। अध्ययनको निष्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ।एजेन्सी

राेचक

प्रकाशित: ७ माघ २०७८ १४:२१ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी