भारतीय प्रधानमन्त्री मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री मोदी फेरि बने विश्वकै लोकप्रिय नेता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन्। मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ।

१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन्। बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ। बाइडेनको पछि क्रमशः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् । 

मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन्  भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन्। ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ।एजेन्सी

Logo