हाइटी भूकम्प: दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

हाइटी भूकम्प: दुई जनाको मृत्यु, २ सय घर ध्वस्त


दक्षिण पश्चिम हाइटीमा भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलव ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाइते भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेका छन् ।

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ । 

भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन् भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाइते ५० जनाको उद्धार गरिएको छ ।

अगस्टमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौँ घर भत्किएका थिए । त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दा बढीको मृत्यु भएको थियो । 

Logo